Logo

खेलकुद

बेल्जियमको जितका लागि लुकाकुको ४ गोल



काठमाडौं- रोमेलु लुकाकुको चार गोलमा बेल्जियमले अजरबैजानलाई ५-० ले पराजित गरेको छ। युरोकप २०२४ को छनोटअन्तर्गत समूह एफको खेलमा बेल्जियमका लागि अर्को एक गोल लियान्द्रो ट्रोसार्डले गरे।

घरेलु मैदानमा भएको खेलमा लुकाकुले चारै गोल पहिलो हाफमा प्रहार गरेका थिए।

उनले खेलको १७औं, २६औं र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने चौथो गोल ३७औं मिनेटमा गरे।

लुकुकले बेल्जियमका लागि ११३ खेलमा ८३ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलम सर्वाधिक गोल गर्नेमा सातौं स्थानमा छन्।

२४औं मिनेटमा एडी इश्राफिलोभ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अजरबैजान १० खेलाडीमा समेटिएको थियो।

बेल्जियमका लागि पाँचौ गोल ट्रोसार्डले ९०औं मिनेटमा गरे।

प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार  ८ : २० बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।