Logo

खेलकुद

आईसीसी एकदिवसीय विश्वकप–२०२३ काे च्याम्पियन अस्ट्रेलियाले कति पायो पुरस्कार ? 



काठमाडाैं । अस्ट्रेलियाले भारतलाई घरेलु भूमिमा स्तब्ध पार्दै आइतबार आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे उपाधी छेटाैं पटक उचाल्याे । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा अस्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर भारतले दिएको २४१ रनको लक्ष्य भेटाएकाे थियाे ।

विश्वविजेता अस्ट्रेलियाले चार मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब ५३ कराेड रुपैयाँ पुरस्का पायाे । फाइनलमा पराजित  भारतीय टोलीले २ मिलियन अमेरिकी डलरमा चित्त बुझाएकाे छ । अहिलेकाे विनिमय दरअनुसार याे नेपाली रुपैयाँ करिब २६ करोड ६० लाख हुन जान्छ ।

सेमिफाइनल हारेर बाहिरिएका न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले समान १० करोड ६५ लाख रुपैयाँ (८ लाख अमेरिकी डलर) पाएका छन् । लिग चरणबाट बाहिरिने प्रत्येक टोलीले एक करोड ३३ लाख रुपैयाँ (एक लाख डलर) पाएका छन् । विश्वकपको लिग चरणबाट पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, इङ्ल्यान्ड र नेदरल्याण्ड्स बाहिरिएका थिए ।

यसबाहेक प्रतियोगितामा सहभागी सबै टोलीले प्रत्येक जित वापत करिब ५२.८ लाख रुपैयाँ (४० हजार डलर) प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ११:५०   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।