Logo

अर्थ

बढ्याे सुनकाे मूल्य, कतिमा हुदैँछ काराेबार ?



काठमाडौं । साताको दाेस्राे कारोबारको दिन सुनकाे मूल्य बढेको छ । हिजाे आईतबार स्थिर रहेको सुन आज भने तोलामा २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य १ लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज पनि स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ११:४९   :  बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।