Logo

राजनीति

टिकटक प्रतिबन्ध विरुद्धकाे रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्च अदालतमा दायर भएकाे रिटमाथि सोमबार  (आज) सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको भएपनि ‘हेर्न नभ्याइने’मा परेकाे हाे ।

सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालत स्राेतले जानकारी दियाे ।

२७ चैतमा मन्त्रिपरिषद् बैठकले टिकटकमार्फत अराजतकता बढेकाे भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको भन्दै कानून व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १३:३४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।