काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।
योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले सेयर पाएका छन् ।
यसरी सदर आवेदकमध्ये बाँकी ९ लाख ४९ हजार ३९८ जनाको हात भने खालि भएको छ ।
कम्पनीले गत कात्तिक १६ देखि कात्तिक २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्काशन गरेको थियो। स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्काशन भएको थियो।




















प्रतिक्रिया