Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । हिजाे सोमबार २ सय रुपैयाँले बढेको सुन आज भने तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको मूल्य १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसैगरी तेजाबी सुन प्रति तोला १ लाख १५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीकाे मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १२:१८   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।