Logo

अर्थ

सेयर बजारमा २३ अंकको गिरावट



काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २३.८२ अंकले घटेको छ । नेप्से घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४८ अंकले घटेर ३५२.०५ को विन्दुमा पुगेको छ ।

मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भइरहेको छ ।

आज १२ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, हाइड्रोपावर समूहको १.३९ प्रतिशतसहित १२ समूहको सेयर मूल्य घटेको हो ।

हिमालयन डिष्टिलरीको ७ करोड ७८ लाख र सोनापुरको ४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १५:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।