Logo

अर्थ

सुनको मूल्य निरन्तर उकालो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य निरन्तर उकालो लागेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो दिन छापावाला सुनको मूल्य १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसैगरी यो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १२:४०   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।