काठमाडाैं । बुधबार सेयर बजार २०.६७ अंकले बढेको छ । यो दिन बढेर १ हजार ८५०.३३ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंकले बढेर ३५४.२१ को विन्दुमा पुगेको छ ।
आज नेप्सेमा सूचीकृतमध्ये २९४ कम्पनीका ४२ लाख १३ हजार २८५ कित्ता सेयर १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटा उपसमूहमध्ये म्युचुअल फन्ड समूहबाहेक १२ समूहमा हरियाली छाएको छ । यो दिन म्युचुअल फण्ड ०.०३ प्रतिशतले घटेको छ । यसैगरी यो दिन सबैभन्दा बढी होटल एन्ड टुरिजम समूह ३. ४९ प्रतिशतले बढेको छ । यसैगरी दोस्रोमा हाइड्रोपावर समूह २.३६ प्रतिशतले बढेको छ। यसैगरी अन्य समूह १.८४ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूह चाहिं १.२९ प्रतिशतले बढेको छ ।
यो दिन सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको सर्वाधिक १० करोड ७६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी दोस्रोमा प्राइम कमर्सियल बैंकका संस्थापकतर्फको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया