काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघले भाेलि (मंसिर ७ गते) काठमाडौँमा शक्ति प्रदर्शनको घोषणा गरेपछि संभावित मुठभेडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रसाईंले देशभरबाट आफ्ना समर्थक काठमाडौँमा उतार्ने र प्रतिवादमा युवा संघकाे आडमा एमालेका महेश बस्तेनले पनि प्रदर्शनकाे कार्यक्रम सार्वजनिक गरेपछि यसअघि नै काठमाडाैं र ललितपुर प्रशासनले संवेदनशील मानिएका ठाउँहरूमा निषेधाज्ञा जारी गरिसकेकाे छ ।
यी दुई समूहलाई कार्यक्रम गर्नका लागि प्रशासनले छुट्टाछुट्टै स्थानसमेत ताेकेकाे छ । झडपकै स्थिति सृजना हुन नदिन प्रसाईं समूहलाई बल्खु र युवा संघलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएकाे छ । दैनिक रुप विभिन्न कार्यक्रम हुँदै आएकाे माइतीघर मण्डलालगायत क्षेत्रमा भने निषेधाज्ञा लगाइएकाे छ ।
यी दुई समूहकै कार्यक्रमलाई मध्यनजर गर्दै बुधबारदेखि नै प्रहरी र ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका छिर्ने नाकाहरूमा कडाइका साथ चेकजाँच सुरु गरेकाे छ। सबै नाकाहरूमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत सयाैंकाे संख्यामा परिचालन गरिएकाे छ ।
तस्बिरहरू:–




























प्रतिक्रिया