Logo

अर्थ

नबिल बैंकको लाभांश घोषणा, नगद कति ?



काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो प्रस्ताव राष्ट बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

नबिल बैंकले यस वर्ष इतिहासकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ । प्राय बम्पर लाभांश दिँदै आएको यस बैंकले यस वर्ष भने लगानीकर्ता खुशी पार्न सकेन ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १२:०७   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।