काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।
मंसिर ७ गते बिहान बैंकको केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको ६४४औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो प्रस्ताव राष्ट बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
नबिल बैंकले यस वर्ष इतिहासकै सबैभन्दा कम लाभांश घोषणा गरेको छ । प्राय बम्पर लाभांश दिँदै आएको यस बैंकले यस वर्ष भने लगानीकर्ता खुशी पार्न सकेन ।




















प्रतिक्रिया