Logo

अर्थ

सुनको मूल्य स्थिर हुदाँ चाँदीको घट्यो



काठमाडौं । आज सुनको मूल्य स्थिर कायम रहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार १२:१७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।