काठमाडौं । आज सुनको मूल्य स्थिर कायम रहेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ छ । हिजो समेत यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ थियो ।




















प्रतिक्रिया