जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराएकी महोत्तरीको मटिहानीका हासिम राइनकी श्रीमती तजाबुल खातुनको आज बिहान मृत्यु भएको हो ।
बच्चा (छोरा) भने सुरक्षित रहेको बुझिएको छ । शुक्रबार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य भएपनि आज बिहान उनको मृत्यु भएको हाे ।
उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ । मृतक महिलाकी आफन्तहरु अस्पतालमा रोइकराई रहेका छन् । उनीहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन् ।
घटनापछि अस्पतालमा ठूलो संख्यामा उनका आफन्त र गाउँले जम्मा भएका छन् । सुत्केरी महिला खातुनको शव अहिले अस्पतालमै छ । आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।




















प्रतिक्रिया