काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएकाे छ ।
आज छापावाला सुनको मूल्य १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत शुक्रबार १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।




















प्रतिक्रिया