Logo

प्रमुख समाचार

क्यानडाको राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन



काठमाडौं । क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका भरतराज पौडेलको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकाे छ । आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन् । कात्तिक ३ गतेकाे मन्त्रिपरिषद बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १७:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।