काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणअन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।
प्रतियोगितामा इलामले आज दोस्रो खेल खेल्न लागेको हो भने झापा पहिलो खेल खेल्दैछ। इलाम उद्घाटन खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा दुवै टोली नवप्रवेशी हुन्।
शुक्रबारबाट सुरु भएको खेलमा ९ टोली सहभागी छन्। जसमा साविक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, ललितपुर एफसी, एफसी चितवन, पोखरा थन्डर्स, झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगन्ज युनाइटेड एफसी छन्।
हिजोसम्म भएका खेलमा साविक विजेता काठमाडौँ, साविक उपविजेता धनगढी एफसी, ललितपुर र पोखरा थन्डर्सले विजयी सुरुवात गरेका छन्। प्रतियोगिता पुस २१ गतेसम्म सञ्चालन हुनेछ।




















प्रतिक्रिया