Logo

खेलकुद

नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र एफसी चितवनबी प्रतिस्पर्धा



काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ। आज साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आज काठमाडौं लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ।

काठमाडौंले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो भने चितवन पोखरा थन्डर्ससँग पराजित भएको थियो।

जारी लिगमा काठमाडौंले एक खेलबाट ३ अङ्क जोडेको छ भने चितवन अंकविहीन छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार ०६:४३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।