काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्ने भएको हुँदा मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २८ गते १७औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।




















प्रतिक्रिया