जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशको अधिवेशन आगामी पुस ५ र ६ गते हुने भएकाे छ । मंगलबार सम्पन्न कांग्रेस मधेश प्रदेश कार्यसमितिको पूर्ण बैठकले धनुषाधाम स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृती केन्द्रमा पुस ५ र ६ गते अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।
पार्टीको प्रदेश कार्यसमितिको कार्यालय जनकपुरधाममा बसेको बैठकले मधेश प्रदेश अधिवेशनलाई भव्यताका साथ सफल बनाउन आवश्यकता अनुसार उपसमितिहरू गठन गर्ने निर्णय पनि गरेकाे छ । यस्तै मधेश प्रदेश सम्मेलनमा राजनितिका सांगठनिक/आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसममितिहरू गठन गर्ने निर्णय पनि गरेकाे छ ।
वडा तहदेखि जिल्लासम्म सम्मेलन गर्न बाँकी रहेको तहहरूलाई सम्मेलन सम्पन्न गर्ने र प्रदेश अधिवेशन प्रतिनिधि छनोट गर्ने र बाँकी रहेका प्रदेश क्षेत्रीय समितिहरूले प्रदेश सम्मेलन प्रतिनिधि अविलम्ब छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय पनि भएको कांग्रेस मधेस प्रचार नितेश कुमार गुप्ताले बताए ।




















प्रतिक्रिया