काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था भएपनि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति थिए । अर्को उपसभापति अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको हाे ।
स्राेतका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधबार हुने बताइएकाे छ । पार्टी वरियतामा सभापति लामिछानेपछि तेस्राे स्थानमा रहने छन् । उनी अघि सभापति लामिछाने र अर्याल रहनेछन् ।
वाग्लेलाई उपसभापतिमा मनोनित गर्ने विषयमा छलफल गर्न शीर्ष तहका नेताहरु विच सोमबार साँझ छुट्टै बैठक बसेको थियो । गत चैतमा कांग्रेसबाट रास्वपा प्रवेश गरेका वाग्लेले गत वैशाखको उप चुनावमा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।




















प्रतिक्रिया