पोखरा । महिलाहरु मात्र सेयर सदस्य रहेको शत्ति महिला कृषि सहकारी संस्था पोखरा–२६ को चौथोैं बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले पुन मिनामाया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी, सचिवमा प्रभा राजभाट, सह सचिवमा सन्तुमाया पौडेल र कोषाध्यक्षमा सारदा पौडेललाई चयन गरेको हो भने समितिको सदस्यहरुमा अम्विका खाती क्षेत्री, हरि कुमारी पाध्या, शुभद्रा ढकाल, सुरक्षा भट्टराई, आशा उदास र गिता क्षेत्री रहेका छन् ।
यसैगरी भेलाले समितिको लेखा संयोजकमा विना सुनार र सदस्यहरुमा सर्मिला श्रेष्ठ र तिलसरी विकलाई चयन गरेको निर्वाचन संयोजक नवराज ढुगानाले जानकारी दिएका छन् ।
यस अघि साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापले महिलाहरुले गरेका जुनसुकै काममा पनि पारदर्शीता र जिवन उपयोगी हुने भएकाले सस्थागत हितका लागि महेनतका साथ अगाडी बढ्दै कृषि उत्पादनलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने सुझाव राखेका थिए ।
सस्थाकी अध्यक्ष मिनामाया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २६ की महिला सदस्य लक्ष्मी भट्टराई, जल्धारे बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, सल्लाहकार नवराज ढुगाना, सस्थाकी सचिव प्रभा राजभाट र उपाध्यक्ष विष्णुमाया अधिकारी लगाएतले आ-आफनो धारणा राखेका थिए ।




















प्रतिक्रिया