Logo

अर्थ

सुनचाँदीकाे मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुन बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार ११:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।