Logo

अर्थ

एनएमबि बैंकले लाभांश वितरण नगर्ने



काठमाडौं । एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो ।

बैंकको बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारणसभाबाट पारित हुनुपर्ने छ । बैंकले अघिल्लो आर्थिक वर्षमा लगानीकर्तालाई ८.२५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १२:४७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।