काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका छन् । आज बिहान साढे ८ बजे अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका हुन् ।
अभियानलाई ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ भनिएको छ । अभियान उद्घाटन गर्दै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्ने बताए ।
सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई ओलीले सम्बोधन गर्नेछन् । अभियानको १९औं दिन पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने कार्यतालिका छ ।
अभियान टुंगाएर फर्किपछि पुस ५ गते काठमाडौंमा औपचारिकरूपमा यात्रा समापन भएका सूचना सम्प्रेषण गर्ने एमालेले जनाएको छ ।
यस्तो छ कार्यक्रम, भेटघाट तथा खाना-बासको समय तालिका




















प्रतिक्रिया