Logo

राजनीति

देउवाले भने– ‘धर्म निरपेक्षताका विषयमा छलफल गर्न सकिन्छ’



नवलपरासी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्म निरपेक्षताका विषयमा छलफल गर्न सकिने जनाएका छन् । नेपाली कांग्रेस पूर्वी नवलपरासीको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले राजतन्त्र कुनै पनि हालतमा नफर्किने बरु धर्म निरपेक्षताका विषयमा पार्टीमा छलफल गर्न सकिने धारणा सार्वजनिक गरेका हुन् ।

उनले कांग्रेसलाई संघीयता र गणतन्त्रको विरुद्ध हुने कुनै पनि गतिविधि मान्य नहुने पनि जनाए । ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिन्छ । तर गणतन्त्रको विकल्प छैन,’ सभापति देउवाले भने । पार्टीका सबै मतभेद हटाएर संगठन विस्तारमा लाग्न सभापति देउवाले नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए ।

०६२/६३ को दोस्रो जनआन्दोलनपछि बसेको पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकले गरेको ९ बुँदे घोषणाको आठौं बुँदामा नेपाल धर्मनिरपेक्ष राज्य हुने उल्लेख छ । यस्तै, २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकबाट पारित पाँचबुँदे प्रस्तावको पहिलो बुँदामा पनि नेपाल धर्मनिरपेक्ष मुलुकमा विधिवत परिणत भएको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १७:०६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।