Logo

प्रमुख समाचार

टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश, १५ लाख रुपैयाँ धरौटी माग



काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । रिजाल भुटानी शरणार्थीकाे हक अधिकारका लागि लडेका अधिकारकर्मी मानिन्छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १६:१३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।