काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई रिहा गर्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ ।
खाँणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि खाणलाई रिहा गर्ने बारे अर्को इजलासमा सुनुवाइ हुने भएको हो । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको विषयमा अब उच्च अदालतका एकजना न्यायाधीशले दिने रायपछि फैसला आउने छ । शुक्रबार भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएपछि अब तेस्रो न्यायाधीशको एकल इजलासले खाँणलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने निर्क्यौल गर्नेछ ।
पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेका छन् । तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएका थिए । अब एकल इजलासले जसको राय ठीक भन्छ सोही बमोजिम खाँणको विषयमा निर्णय हुने उच्च अदालत पाटनले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले खाँणसहितका भीभीआईपीहरुलाई थुनामा पठाएको थियो । त्यसको विरुद्ध खाँणसहितका व्यक्तिहरुले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालत पाटनले टोपबहादुर रायमाझीसहित ८ जना मुख्य अभियुक्तलाई पुर्पक्षका लगि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरिदिएको छ । केहीको आदेश बदर गरेर धरौटीको व्यवस्था गरिदिएको छ ।




















प्रतिक्रिया