Logo

अर्थ

इमर्जिङ्ग नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ ।

सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित उक्त कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १६:५२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।