पाेखरा । लेखनाथ उद्योग वाणिज्य संघले आउँदाे पुष ५ गतेदेखि १६ गतेसम्म आयोजना हुने १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेकाे छ । महोत्सव सम्पन्न गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्य सम्पादन समिति गठन गरी विभिन्न उप–समितिहरु समेत बनाइएकाे छ ।
हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तीन सय ३४ वटा स्टलमध्ये शुक्रबारसम्म दुई सय ४० वटा स्टल बुकिङ भइसकेका छन् । महिला उद्यमी, कृषि तथा पशुपन्छी, सूचना तथा प्रविधि, महिला परिचालन, तालिम, संघ सस्था परिचालन उप–समितिसँग छलफल तथा अन्तरकृया गरिसकिएको र महोत्सव सफल बनाउने विषयमा आ–आफना् तर्फबाट खटेर लाग्ने प्रतिवद्धता व्यक्त भएको उद्याेग वाणिज्य संघकी महासचिव जानुका पराजुलीले बताइन् ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशु जन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारिकरण, नयाँ प्रविधि तथा सीपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
विगत २०६१ सालदेखि सञ्चालन हुँदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रालीले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेष्टिभल, प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बाेर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।




















प्रतिक्रिया