Logo

अर्थ

धेरै दूध उत्पादन गर्ने कृषकलाई श्रीभण्डार सहकारीले गर्‍याे सम्मान



पाेखरा । पोखरा महानगरपालिका वडा नंं २९ को भण्डारढीकमा रहेको श्रीभण्डार पट्नेरी बहुउद्देशीय सहकारी संस्थाले उत्कृष्ट कृषि कार्य गर्ने किसानहरुलाई सम्मान गरेको छ ।

संस्थाले कृषिको क्षेत्रतर्फ दूध संकलन गर्ने किसानहरुको प्रोत्साहनका लागि वार्षिक रुपमा सहयोग गर्दै आएको छ । यसैक्रममा संस्थाको २२ औ बार्षिक साधारणसभाको अवसरमा तीनजना दुग्ध उत्पादक कृषकलाई संस्थाले सम्मान गरेकाे हाे । सम्मानित हुनेहरुमा शाेभा पौडेल, लिलाकुमारी पुन र जुना भण्डारी रहेका छन् ।

शेयर सदस्यहरुलाई उत्पादनसँग जोड्ने गरी अगाडि सारिएको कार्यक्रम अन्तरगत शाेभा पौडेलले बार्षिक १७ सय २५ लिटर, लिलाकुमारी पुनले १२ हजार छ सय लिटर र जुना भण्डारीले छ हजार नौ सय ६१ लिटर दूध उत्पादन गर्न सफल भएकाे संस्थाकाे कार्यक्रममा जानकारी दिइएकाे थियाे । धेरै दूध उत्पादन गरेकाे भन्दै संस्थाले उनीहरुलाई सम्मान गरेकाे हाे ।

कार्यक्रमको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष तथा जेष्ठ सदस्य बालकृष्ण आचार्यले सहकारीहरुले कृषिलाई मुख्य आधार बनाएर उत्पादनसँग जाेड्दा सबैलाई फाइदा हुने बताए । संस्थाका अध्यक्ष पदमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार माधव भण्डारी,कमला भण्डारी, प्रमोद पौडेल, विदुर भुषण क्षेत्री, जनप्रकाश बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विजयराज भण्डारी, शेयर सदस्य प्रमोदप्रसाद आचार्य र राधिका अधिकारी लगायतले आ-आफनो धारणा राखेका थिए ।

सोही अवसरमा कोषाध्यक्ष रामप्रसाद आचार्य, लेखा संयोजक शंकरबहादुर केसी, सचिव सपना न्यौपाने र उपाध्यक्ष एकनारायण अधिकारीलगायतले आ-आफना प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार २०:५३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।