काठमाडौं- न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई एक महिनामा दोस्रो पटक पराजित गरेको छ। प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १-० पराजित गरेको हो।
न्युक्यासलका लागि एन्थोनी गोर्डनले ५५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
यस्तै, गएराति नै भएको अर्को खेलमा आर्सनल विजयी भएको छ। बुकायो साका र मार्टिन ओडेगार्डको गोलको मद्दतमा आर्सनलले वल्भ्समाथि २–१ को जीत निकालेको हो। प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन्।




















प्रतिक्रिया