काठमाडौं । डिजिटल वालेट नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुले १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् ।
कम्पनीले आफ्ना ग्राहकलाई सुपथ मूल्यमा टिकट उपलब्ध गराउने उद्देश्यले शुक्रवारदेखि यस्तो अफर ल्याएको हो । यो अफर आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।
नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् ।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्दछन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।




















प्रतिक्रिया