Logo

अर्थ

कुमारी बैंकको शाखारहित बैंकिङ्ग सेवा डोटीको गैरामा



काठमाडाैं । कुमारी बैंक लिमिटेडले बुडर शाखा अन्तर्गत शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । डोटी जिल्ला जोरायल गाँउपालिकाको गैरा बजार मा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

स्थानिय प्रतिनिधि प्रशान्त ईलेक्ट्रोनिक्स तथा मोबाईल रिपेयरिङ्ग सेन्टरमार्फत बैंकिङ्ग सेवा प्रदान गरिने छ ।

शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामिण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने, बित्तिय पहुँच बिस्तार र डिजिटल बैंकिङलाई प्रवद्र्घन गरिने बैंकले जनाएको छ ।

कुमारी बैंकले देशैभरी ३१० शाखा, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ४९ वटा बिस्तारित काउन्टरमार्फत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १३:३७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।