Logo

प्रमुख समाचार

सर्वोच्चममा न्यायाधीश सिफारिस भएकाहरूकाे सुनुवाइ मंसिर २७ देखि



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस भएकाहरूकाे सुनुवाइ मंसिर २७, २८ र २९ गते  गर्ने भएकाे छ । बिहीबार बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको सुनुवाइ समिति तोकेको हो ।

न्यायपरिषद्‍काे ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान गरेको थियो । हालसम्म समितिमा ९ वटा उजुरी परेको छ । समितिले उजुरीकर्तासँग मंसिर २४ गते छलफल गर्ने र त्यसको ३ दिनपछि न्यायाधीशमा सिफारिस भएकाहरूकाे सुनुवाइ गर्ने तय गरेको  हाे ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १२:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।