Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप : नेपालले पहिलो विकेट गुमायो



काठमाडौं । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रुपमा पहिलो विकेट गुमाएको हो ।

भण्डारी नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अमिर हसनले साद बेगद्वारा क्याच गराएका थिए । २.२ ओभरमा तिलक आउट हुँदा नेपालले १० रन बनाएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ११:३८   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।