काठमाडौं । साताकाे अन्तिम कारोबारको दिन आज शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
आज तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया