Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप : पाकिस्तानविरुद्ध उत्तमले बनाए अर्धशतक



काठमाडौं । नेपालका उत्तम थापामगरले यु-१९ एसिया कप क्रिकेटमा अर्धशतक बनाएका छन् ।

लगातार विकेट पतन भइरहेका बेला पाँचौं नम्बरमा क्रिजमा आएका उत्तमले ७० बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनले २ छक्का र ३ चाैका प्रहार गरेका थिए । उनले २ रन लिइसकेका बेला ओभर थ्रो भएको थियो र त्यसमा १ रन लिँदै अर्धशतक पूरा गरेका हुन् । नवौँ विकेटका रुपमा नेपालले उत्तम थापामगरलाई गुमाएको हो ।

नेपालले ४० ओभरमा १३५ रन बनाउँदा ९ विकेट गुमाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १४:१९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।