Logo

खेलकुद

पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुरै ओभर टिक्न असफल भयो ।

४७.२ ओभरमा सवै विकेट गुमाउँदै १५२ रन बनायो । नेपालका लागि उत्तम थापामगरले सर्वाधिक ५१ रनको अर्धशतकीय खेल खेले ।

उनले ७६ बल फेस गर्दा २ छक्का र ३ चौका प्रहार गरेका थिए । यसैगरी दीपेश कँडेलले ५९ बलमा ३१ रन बनाउँदा १ छक्का र २ चौका प्रहार गरेका थिए ।

ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए । तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ रन बनाउँदा गुलसन झा विशाल विक्रम केसीले एक एक रन बनाउँदा कप्तान देव खनाल र विपिन रावलले खाता खोल्न सकेनन् । सुवास भण्डारी ८ रनमा नटआउट रहे भने अन्तिम विकेटको रुपमा आकाश चन्द ५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भए ।

पाकिस्तानका मोहम्मद जिसनले ६ विकेट लिँदा आमिर हसनले २ विकेट हात पारे । यस्तै, उविद साह र अलि असफन्दले एक एक विकेट लिए ।

१७ ओभरमा ४६ रन बनाउँदा नेपालले ५ विकेट गुमाएको थियो । त्यसपछि उत्तम थापामगर र दिपेश कँडेलले नेपालको पारि सम्हाल्दै ११६ रन बनाएका थिए । छैटौं विकेटको रुपमा दीपेश ५९ बलमा १ छक्का र २ चौकाको मद्दतले ३१ रन बनाएर आउट भए । उनी पछि क्रिजमा आएका विशाल विक्रम केसी पनि १ रन बनाएर पभेलियन फर्किए पछि सातौं विकेट गुमाएको थियो ।

नेपालमा ओपनर अर्जुन कुमालले २१ रन बनाउँदा तिलक भण्डारीले ७ तथा आकाश त्रिपाठीले ६ रन जोडे । कप्तान देव खनालले खाता खोल्न सकेनन् भने गुलन झाको ब्याटबाट १ रनमात्र बनेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १४:५७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।