Logo

अर्थ

१३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । साताकाे पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको हाे ।

आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार ११:४१   :  बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।