काठमाडौं । साताकाे पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको हाे ।
आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया