Logo

खेलकुद

यू-१९ एसिया कप: हेमन्तले लिए लगातार दुई विकेट



काठमाडौं । नेपालका तीव्र गतिका बलर हेमन्त धामीले एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध लगातार दुई विकेट लिएका छन् । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।

हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १२:१६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।