काठमाडौं । नेपालका तीव्र गतिका बलर हेमन्त धामीले एसिसी यू-१९ एसिया कपमा अफगानिस्तानविरुद्ध लगातार दुई विकेट लिएका छन् । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।
हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे ।




















प्रतिक्रिया