काठमाडौं । दुबईमा जारी यु-१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध चौथो विकेट हात परेको छ ।
नेपाललाई चौथो विकेट दिपेश कँडेलले दिलाएका हुन् । दिपेशले अफगानिस्तानको चौथो विकेटको ८१ रनको साझेदारी तोडेका हुन् ।
उनले खेलको २८ औं ओभरको अन्तिम बलमा रहिमुल्लाह जुरमतिलाई ब्यक्तिगत ३५ रनमा सुवास भण्डारीको हातबाट क्याचआउट गरेका हुन् । अफगानिस्तानले २७.६ ओभरका ११४ रन बनाउँदा ४ विकेट गुमाएको छ ।




















प्रतिक्रिया