काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया