काठमाडौं । आइतबार सर्किट ब्रेक भएर कारोबार बन्द भएको सेयर बजार सोमबार भने ओरालो लागेको छ ।
आइतबार नेप्सेमा १११ अंकको उछाल आएको थियो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक १५.४० अकंले घटेर १९४८.५७ बिन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३३ अंकले घटेर ३६९.४१ को विन्दुमा पुगेको छ ।
नेप्से घटे पनि करोबारमा भने उछाल आएको छ । यसदिन ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ ।
आज ३०३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच भएको छ । सोमबार ९ उपसूचक राताम्य भएका छन् ।
आज बैंकिङ समूहको १.२६ प्रतिशत, विकास बैंक समूहको २.०९ प्रतिशत, फाइनान्स समूहको १.३० प्रतिशत, होटल तथा पर्यटन समूहको १.४२ प्रतिशतसहित ९ उपसूचक उकालो लागेको छ । सोमबार सोनापुरको २५ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १६करोड ५७ लाख रुपैयाँ र सिटिजन लाइफको १४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।




















प्रतिक्रिया