काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार)पनि घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ थियो । यस्तै तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । यसदिन चाँदीको मूल्य प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया