काठमाडौं । यूएईमा जारी यू १९ एसिया कपकाे समूहचरणको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट भएकाे छ । नेपालले २२ ओभरमा पूरै विकेट गुमाउँदै मात्रै ५२ रन बनाएकाे हाे ।
टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले सुरुदेखि नै असाध्यै खराब प्रदर्शन गर्याे । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । अनुभवी र आशा गरिएका नेपाली ब्याट्सम्यान नै भारतीय बलिङसामू निरिह हुँदा नेपाल झिनाे स्काेरमा समेटिएकाे हाे ।
नेपालका लागि अर्जुन कुमाल र दिपक डुम्रेले समान ७/७ रन बनाए । राष्ट्रिय टिमबाट समेत खेलिसकेका गुलसन झा चार रनमा आउट हुँदा कप्तानसमेत रहेका देव खनाल २ रनमै पेभेलियन फर्किए । दिपेश कँडेलले चार, सुवास भण्डारीले दुई, दीपक बोहरा एक तथा दीपक डुम्रे र उत्तम मगर शून्यमै आउट भए ।
अन्तिममा हेमन्त धामी र आकाश चन्दबीच १२ रनको साझेदारी भयो । हेमन्तले ८ तथा आकाशले ४ रन बनाए ।
बलिङतर्फ भारतका राज लिम्बानीले मात्र १३ रन खर्चेर ७ विकेट लिए । आराध्य शुक्लाले दुई तथा अर्शिन कुलकर्नीले एक विकेट हात पारे ।




















प्रतिक्रिया