काठमाडौं । बजार आज सामान्य सुधार आएको छ । बुधबार नेप्से परिसूचक २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९३ अंकले बढेर ३७५.३० को विन्दुमा पुगेको छ।
आज २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
बुधबार ९ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.४० प्रतिशत, विकास बैंक समूहको १.१५ प्रतिशत, फाइनान्स समूहको ०.३४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सोनापुरको १४ करोड ६७ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ६६ लाख रुपैयाँ र अरुण काबेली पावरको १२ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।




















प्रतिक्रिया